स्थानीय तह निर्वाचनका लागि लमजुङमा एक सय ८२ मतदान केन्द्र निर्धारण



पोखरा

३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनका लागि लमजुङमा एक सय ८२  मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम नामावली अनुसार लमजुङमा मतदाताको संख्या १ लाख ३१ हजार ४ सय ९४छ । जिल्लामा यसअघि १ लाख २२ हजार ८ सय ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

सुरक्षा निकायले लमजुङका १० वटा बढी मतदानस्थनलाई अतिसंवेदनशीलमा राखेको छ  । ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा ७५ वटा वडा छन् । यसमा १ सय २३ वटा मतदानस्थल छन् ।

१ सय ८२ वटा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja