मुस्ताङमा ५ वटै तहमा तोकियो निर्वाचन अधिकृत



पोखरा

आसन्न स्थानीय तह निर्वाचनका लागि  मुस्ताङमा निर्वाचन अधिकृत तोकिएको छ ।

निर्वाचन आयोगले सोमबार ७७ वटै जिल्लामा खटाइने निर्वाचन अधिकृतहरुको नामावली सार्वजनिक गर्ने क्रममा मुस्ताङका ५ वटै तहमा खटाइने निर्वाचन अधिकृतहरुको कार्यभार तय भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी समिर थापाले जानकारी दिए ।

कार्यालयका सूचना अधिकारी थापाका अनुसार जिल्लाको मुख्य निर्वाचन अधिकृतको रुपमा मुस्ताङ जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीलाई जिम्मेवारी दिइएको छ । आयोगले मुख्य निर्वाचन अधिकृत ज्ञवालीलाई मुस्ताङको घरपझोङ गाउँपालिकाको निर्वाचन अधिकृत जिम्मेवारीसहित मुख्य निर्वाचन अधिकृतको अख्तियारी दिएको कार्यालयका सूचना अधिकारी थापाले उल्लेख गरे ।

यसै गरी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले मुस्ताङको थासाङ गाउँपालिकामा जिल्ला अदालत मुस्ताङका श्रेस्तेदार मुकुन्द आचार्य ,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सर्वोच्च अदालतका उपरजिस्टार सारदादेवी पौडेल,लोघेकर दामोदरकुण्ड गाउपालिकामा गण्डकी परिषद मन्त्रिपरिषद् कार्यालयका उपसचिव नेपालहरी रानाभाट ,लोमान्थाङ गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत घनश्याम सुवेदीलाई निर्वाचन अधिकृतको कार्यभार दिएको कार्यालयका सूचना अधिकारी थापाले जानकारी दिए ।

यसैगरी निर्वाचन आयोगले ७७ वटै जिल्लाका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरण अनुसार मुस्ताङमा १० हजार ४ सय ८५ मतदाताले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने छन् ।मुस्ताङमा कुल मतदाता संख्यामध्ये ५ हजार १ सय २८ पुरुष र ५ हजार ३ सय ५६ जना मतदाता छन् । मुस्ताङका ५ स्थानीय तहमा गरी कुल ३८ वटा मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja