प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने



पोखरा

प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने हुनुभएकाे छ ।

भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएकाे हाे । प्रधानमन्त्री देउवासँगै भ्रमणमा उहाँकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणको लागि प्रधानमन्त्री देउवा चैत १८ गते त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते द्विपक्षीय वार्ता हुनेछ । सोही दिन उहाँले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुहुनेछ ।

भारतका विदेशमन्त्री एस. जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ ।

आगामी भ्रमणले दुई पक्षलाई यो व्यापक साझेदारीको समीक्षा गर्ने र दुई देशका जनताको हितमा अघि बढ्न अवसर प्रदान गर्नेछ,’ भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja