पछिल्लो २४ घण्टामा गण्डकीका थप २ जनामा कोरोना पुष्टि



पोखरा

पछिल्लो २४ घण्टामा गण्डकीका थप २ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २३८ जनामा गरिएको नमुना परीक्षणमा २ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आईतबार संक्रमण पुष्टि हुने २ जना नै कास्कीका जिल्लाका हुन्। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९८३ पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट थप ६ जना संक्रमणमुक्त भएका छन्। योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ५०५ पुगेको छ। भने, गण्डकीमा हाल १२ सक्रिय संक्रमित छन्। ती सबै होम आइसुलेसनमा छन्।कोरोना संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४६६ पुगेको निर्देशनालयले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja