आइपुग्यो ७ लाख ६१ हजार फाइजर खोप



पोखरा

कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।

अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ । ‘शुक्रबार आएको खोप पहिलो खेप हो । बाँकी क्रमश आउने छ,’ चौरसियाले भने । विभागका अनुसार २८ मार्चमा थप ८ लाखको फाइजर खोप आउने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja