पोखराको विजयपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु



पोखरा

पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।

सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छिन् । ग २२ प ००७ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो ।

दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षिय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

पैदलयात्री महिला भने उपचार पश्चात डिस्चार्ज भइसकेकी छिन् । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja