पोखराको पृथ्वीचोकमा एक महिलाको मृत्यु



पोखरा

पोखराको पृथ्वीचोकमा अचेत भइ ढलेकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी पूर्व कावासोती बताउने पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्दै आएकी उमेर ४०/४५ की टीका राना मगर नाम बताउने महिला रहेकी छन् । कास्की प्रहरीका अनुसार बिहीबार मध्यान्ह १२ बजे पृथ्वीचोकस्थित पोखरा कम्प्लेक्सको पश्चिमतर्फ सडक पेटीमा अचानक अचेत भइ लडेको अवस्थामा फेला परेकी थिइन् । उनको तत्कालै गण्डकी अस्पताल पोखरा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैबीच कास्की प्रहरीले उनका आफन्तसंग हालसम्म सम्पर्क हुन नसकेको भन्दै आफन्त वा चिनजानको व्यक्तिले जिल्ला प्रहरी कार्यालय कास्की वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja