नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई पदभार हस्तान्तरण



पोखरा

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हालेका छन् । शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुँगानाले तदर्थ समिति अध्यक्ष शेर्पालाई पदभार हस्तान्तरण गरेका हुन् । 

पदभार ग्रहण गरेपछि अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेडअनुसार निर्वाचन सकिएको तीन महिनाभित्र संगठनको १२ औँ महाधिवेशन गर्ने प्रतिबद्धता जनाए ।  विद्यार्थी राजनीतिमा गुमेको विश्वासलाई फर्काउन आफूले पहल गर्ने उनको भनाइ छ ।

त्यस्तै, उनले आफ्नो कार्यकालमा कुनै पूर्वाग्रह नराखेर सङ्गठनलाई विस्तार र बलियो बनाउने बताए । नेपाली काँग्रेसले बुधबार शेर्पालाई नेविसंघको केन्द्रीय तदर्थ समिति अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja