नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश 



पोखरा

जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। नावालिका करणी मुद्दामा बुधबार र बिहीबार वादी र प्रतिवादी कानुन व्यवसायीको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालतका सुचना अधिकारी हरिशचन्द्र गौतमले बताए।

यस्तै, अदालतले पलका म्यानेजर भनिएका कृष्ण जोशीलाई एक लाख धरौटीमा रिहाको आदेश दिएको छ। शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja