ज्यानसम्बन्धी मुद्दाका फरार एक युवक पक्राउ



पोखरा

कास्की प्रहरीले ज्यानसम्बन्धी मुद्दाका फरार एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नं. ८ चित्रेका २५ वर्षीय शिरिष विश्वकर्मा रहेका छन् । विक बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ सल्यानस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेका हुन् ।

कास्की प्रहरीका अनुसार उनले ०६९ कात्तिक २५ गते पोखरा लेकसाइडस्थित नेशनल स्कूलमा कक्षा १० मा पढ्ने मिथुन विकको हत्या गरेका थिए । विकसहित २२ जनाको समूहले आपसी रिसइबीका कारण कुटपिट तथा चक्कु प्रहार गरी विकको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । 

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार घटनापछि उनी फरार थिए । विक आफ्नो परिचय लुकाएर लामो समय भारतमा गएर बसेका थिए । त्यसपछि अदालतबाट पक्राउ अनुमति लिएर खोज तलास गर्नेक्रममा उनी पक्राउ परेका हुन् ।

विकको हत्यमा संलग्न २२ जनामध्ये २१ जनालाई पक्राउ गरी मुद्धा अघि बढाइएको एसपी थापाले बताए । एक जना भने अझै फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja