बेलायतकाले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने घोषणा



पोखरा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने घोषणा गर्न लागेका छन् ।

ब्रसेल्समा नेटो र जी–७ का नेताहरूको बिहीबार बस्ने बैठकमा ६ हजार मिसाइल युक्रेनलाई प्रदान गर्ने घोषणा हुन लागेको हो । बेलायतले यसअघि करिब ४ हजार मिसाइल उपलब्ध गराएको थियो । त्यस्तै, जोनसनले युक्रेनी सैनिक र पाइलटहरूका लागि भनेर २ करोड ५० लाख पाउण्ड आर्थिक सहयोगको पनि घोषणा गर्न लागेका छन् ।

त्यसैगरी, युक्रेनी र रुसी भाषा सेवाहरूलाई सहयोग गर्न बीबीसी वल्र्ड सर्भिसलाई ४.१ मिलियन पाउण्ड उपलब्ध गराउन लागेको बताइएको छ । –बीबीसी

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja