चैत्र तेस्रो साता प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने 



पोखरा

प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २१ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

स्रोतका अनुसार बिहीबार साँझसम्म प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय हुने संभावना छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ । देउवा भारत जानुअघि चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आउँदैछन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा चिनियाँ मन्त्री यी शुक्रबार नेपाल आउन लागेका हुन् । चिनियाँ विदेशमन्त्रीको भ्रमण लगत्तै देउवा भारत जान लागेका हुन् ।

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि भारतका लागि नेपाली राजदूत शंकर शर्मा दिल्ली पुग्नेछन् ।हालै राजदूत नियुक्त भएका शर्माले शुक्रबार (भोलि)मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja