यहि चैत १४ गते राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउने



पोखरा

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउने भएकी छन् । उनी यहि चैत १४ गते पोखरा आउने भएकी हुन् । पोखरामा आयोजित न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति पोखरा आउने भएकी हुन् ।

सम्मेलन पोखरा सभागृहमा हुने पोखरा महानगरपालिकाकी उपमेयर तथा कार्यक्रम संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

न्यायिक समितिको जिम्मेवारी सम्हालेका जनप्रतिनिधिले स्थानीय तहमा कसरी न्यायसम्पादन गरिरहेका छन्, यसका सफल पक्ष र चुनौतीका बारेमा एकै थलोमा छलफल गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको संयोजक गुरुङले बताइन् ।

न्याय सम्पादनमा भएका असल अभ्यास र चुनौतीहरुबारे अनुभव साटासाट गर्दै कमीकमजोरीहरु सुधार गर्नुपर्ने विषयमा छलफल गरेर घोषणापत्र सार्वजनिक गरिने उनले बताइन् ।  

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja