पोखरामा १० लाख ठगी गर्ने युवक पक्राउ



पोखरा

आफूलाई नेपाली सेनाको क्याप्टेन बताउँदै झुक्क्याएर ठगी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाइदिने बहानामा ठगी गर्ने ओखलढुङ्गा मानेभञ्ज्याङ -५ घर भई पोखरा-१० अम्मरसिंह चोक बस्ने ३८ वर्षीय अर्जुन कटुवाल भनिने धन बहादुर परियार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता ,डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

परियारले आफू नेपाली सेनाको क्याप्टेन रहेकोले सेनाको ठुला ठुला मानिससँग चिनजान रहेको र हाल मिसनको लागि विदेशमा रहेको भन्दै फेसबुकमा कुराकानी गरेर जागिर लगाउने विश्वास दिलाई तीन जना बाट नौ लाख ७५ हजार १४० रुपैयाँ ठगी गरेको डिएसपी तिवारीले बताउनुभयो ।

प्रहरीले उनको साथबाट अर्जुन कटुवालको नाममा बनाएका नेपाली सेनाको सहसेनानी पदको नक्कली परिचयपत्र, दर्ज्यानी चिन्ह,चुस्ता, हरियो ज्याकेट, बेल्ट, दाप सहितको खुकुरी, तुम्लेट, गेम ड्रेस र ट्रयाकसुट, उपसेनानी पदको उम्मेदवारहरूको फाराम, सिपाही पदको परिचय पत्र, खालि परिचयपत्रहरू र बा८४प ६९८८ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

परियारलाई ठगी, विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja