पोखरामा जमिन मूनि लुकाई राखेको लागुऔषध सहित एक जना पक्राउ



पोखरा 

जमिन मूनि लुकाई राखेको लागु औषध सहित कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सोमबार पोखरा महानगरपालिका वडा नं -९ शिवटोल बस्ने ३३ वर्षीय चेते भन्ने बोध बहादुर गुरुङले जमिन मूनि माटोले पुरेर लागु औषध लुकाएको भन्ने सूचना पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गुरुङलाई उनले लुकाएको लागु औषधसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार गुरुङले पोखरा पृथ्वीचोक निवासी ज्ञानु गुरुङको खालि जग्गामा माटोले पुरेर लुकाई राखेको अवस्थामा अवैध लागु औषध डाईजापाम-२८ एम्पुल, फेनेरागन-३० एम्पुल र नुर्फिन–२९ एम्पुल गरी जम्मा-८७ एम्पुल लागु औषध वरामद भएको थियो।

पक्राउ परेका उनीविरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमती लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja