राजधानी किभलाई रुसी फौजको नियन्त्रणबाट फिर्ता लिएको दाबी



पोखरा

युक्रेनी फौजले राजधानी किभको रणनीतिक रुपमा महत्वपूर्ण उपनगरलाई रुसी फौजको नियन्त्रणबाट फिर्ता लिएको दाबी गरेका छन् । युक्रेनी रक्षा मन्त्रालयले रुसी सेनाको कब्जाबाट किभको मकारिभ उपनगरलाई फिर्ता गर्न सफल भएको दाबी गरेका हुन् ।

मकारिभ क्षेत्रलाई रुसी सेनाबाट फिर्ता लिएसँगै किभलाई उत्तरपश्चिमी दिशाबाट घेराबन्दी गर्ने रुसी योजना विफल भएको समेत मन्त्रालयले जनाएको छ । यद्यपि इरपिन, बुचा, होस्तोमेलजस्ता किभका अन्य उपनगरमा भने रुसी फौजले आक्रमण गरिरहेको जनाइएको छ ।

राजधानी नियन्त्रण गर्ने रणनीतिक योजना सफल पार्न रुसी फौजले किभमा भारी गोलाबारी र सैनिक आक्रमणलाई निरन्तरता दिइरहेको छ । यसअघि आइतबार किभको एक किनमेल केन्द्रमा रुसी फौजले गोलाबारी गर्दा ८ जनाको मृत्यु भएको थियो ।

किभमा अझै पनि रुसी फौजले गोलाबारी र हवाई आक्रमणलाई तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीयबासीले खिचेर सामाजिक सञ्जालमा शेयर गरेका तस्वीर र भिडियोहरुमा किभका विभिन्न स्थानबाट धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja