पोखरामा घडेरी बेच्न नमानेपछि छोराद्वारा आमाको हत्या



पोखरा 

आफ्नै आमाको हत्या गर्न लगाएको अभियोगमा प्रहरीले छोरासहित दुई जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -१२ शितलादेवी बस्ने ६७ वर्षीया नौंमाया नेपालीको हत्या अभियोगमा प्रहरीले आफ्नै जेठा छोरा ३६ वर्षीय ओम बहादुर नेपालीसहित कास्कीको मादी गाउँपालिका वडा नं -५ घर भइ हाल सोही स्थान बस्दै आएका ३७ वर्षीय कुमार गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ओम बहादुर वैदेशिक रोजगारीका लागि विदेश गएपनि सोचे जस्तो कमाई हुन नसकेपछि १ वर्ष अगाडि घर फर्किएका थिए। घरमै रहँदा कुलतमा लागेका उनलाई आर्थिक अभाव हुन थालेको थियो।

त्यही बीचमा उनले आमा नौंमाया सँग घडेरी बेच्न दबाव दिन थाले तर, आमा नौंमायाले असहमती जनाएपछि उनले कुमार गुरुङलाई आर्थिक प्रलोभन देखाई आमाको हत्या गर्न लगाएका थिए।

आर्थिक प्रलोभनमा परेका गुरुङले चैत्र ३ गते राति साढे दश बजेको समयमा नौंमाया सुतिरहेको कोठामा प्रवेश गरी घाँटी थिचेर हत्या गरेका थिए। घटनाको सूचना पश्चात घटनास्थल पुगेको प्रहरीको टोलीले घटनाबारे अनुसन्धान अगाडि बढायो।

प्रारम्भिक अनुसन्धानमा वृद्धाको घाँटीमा थिचेको जस्तो डाम देखिएको र अनुहारमा समेत आलो घाउ देखिएपछि गरिएको अनुसन्धानमा घटनामा छोरा ओम बहादुर नेपाली र कुमार गुरुङको संग्लनता देखिएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja