पत्रकार महासंघ कास्कीको भवनमा आगजनी गर्ने धम्की दिइपछि गम्भीर ध्यानाकर्षण



पोखरा

पोखरामा शनिबार सम्पन्न खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशनको सन्दर्भलाई लिएर प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरीले नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्षलाई हिजो राति टेलिफोन गरी महासंघको भवनमा आगो लगाउने धम्की दिएको महासंघले जनाएको छ ।

महासंघका सहसचिव श्रीराम सिग्देलले आज विज्ञप्ति जारी गरी धम्कीप्रति महासंघ कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

‘नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको दोस्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा गर्न दिएमा नेपाल पत्रकार महासंघ कास्कीको कार्यालयमा आगो लगाएर ध्वस्त पारिदिने भनि दिएको धम्की अत्यन्तै निन्दनीय र खेदजनक छ ।

सिंगो महासंघको स्वाभिमानमा आँच आउने गरी प्रेस चौतारी नेपाल कास्की अध्यक्ष गिरीले दिएको धम्कीले समग्र पत्रकारको भावनामाथि आघात पुगेको  छ’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीको भवन सञ्चालनमा आएदेखि नै पत्रकारसँग आबद्ध विभिन्न संघ–संगठनले कार्यक्रम संचालनका लागि महासंघको सभाहल प्रयोग गर्दै आएका छन् ।

महासंघको भवन श्रमजीवि पत्रकारहरुको रगत, पसिना, आम पोखरावासीको साथ र सहयोगबाट निर्माण भएकाले आगामी दिनमा कोही कसैले यस्ता खालका धाक धम्कीपूर्ण व्यवहार नगर्न महासंघले सबैमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja