कास्कीमा झन्डै १५ सय म्यादी प्रहरी आवश्यक, आवेदन चैत ११ गतेसम्म बुझाइसक्नुपर्ने



पोखरा

कास्की जिल्ला प्रहरी कार्यालयले चुनावमा खटाउने गरी एक हजार चार सय ७१ म्यादी प्रहरी भर्ना गर्न लागेको छ । उसले भर्ती हुन चाहनेका लागि आइतबार सूचना जारी गरी आह्वान गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० वटा मतदानस्थल कायम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदान गर्ने ठाउँको टुंगो लगाएको हो । सोहीअनुसार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढेको छ । कार्यालयका अनुसार अघिल्लो स्थानीय चुनावकै आधारमा मतदानस्थल कायम गरिएको छ । पाँच स्थानीय तह रहेको कास्कीमा ७२ वडा छन् । नयाँ नामावलीअनुसार दुई लाख ८१ हजार नाै सय ४० मतदाता छन् । पूरा मतदातामध्ये ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुष छन् । जिल्लाभर चारजना पारालैंगिक मतदाता छन् ।

आवेदन दिनेले आइतबारदेखि ११ चैतसम्म फारम बुझाइसक्नुपर्ने छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा पास भएका, विभिन्न सुरक्षा निकायमा काम गरि निवृत्तीभरण वा उपदान पाएका पूर्वसुरक्षाकर्मी तथा वन रक्षकहरू र विगतमा म्यादी भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने प्रहरी कार्यालयले जनाएको छ ।

म्यादी प्रहरीमा भर्ना हुन राजनीतिक दलमा सदस्य नरहेको हुनुपर्छ । १८ देखि ५४ वर्ष उमेर पुगेकाले आवेदन दिन पाउँछन् । यही २२ चैतसम्म अन्तिम नतिजा निकाल्ने र प्रशिक्षण दिएर निर्वाचन हुने ठाउँमा खटाइने कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja