पोखरा यातायात कार्यालयका कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



पोखरा

पोखरास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, कम्प्युटर अपरेटर मोहनमणि सुवेदी र अधिकृतस्तरका भरतमणि बराल छन् ।

उनीहरूले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराई भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।

२०७५ सालको मंसिर, २०७६ सालको कार्तिक र मंसिरमा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा उनीहरूले अनुत्तीर्णहरूलाई उत्तीर्ण गराएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja