चुनाव चिह्न कलमले कमाल गर्छः माधव नेपाल



पोखरा

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा चुनाव चिह्न ‘कलमले कमाल गर्ने’ बताएका छन् । बिहीबार होली पर्व विशेष कार्यक्रममा बोल्दै उनले भने, ‘वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिन सक्नुपर्दछ । सत्य र न्यायको रूपमा रहेको त्यो कलमले अवश्य कमाल गर्नेछ, कलमको प्रचार अभियानमा गाउँ–गाउँ, टोलमा जनताको माझमा पुगौँ ।’

उनले पार्टीको समार्थ्य चुनावमा देखिने पनि बताए । खिसिटिउरी गर्नेहरूको हरिबिजोग चुनावले नै देखाउने दावी गरे । ‘हाम्रो खिसिटिउरी गर्नेहरूको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ । घमण्डको पोको भएको रावणको नाश भएजस्तै होलिका दहन भएजस्तै त्यस्ताहरूको नाश, दहन होस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja