यस वर्षकी विश्व सुन्दरी बनिन् पोल्यान्डकी क्यारोलिना बेलावस्का



पोखरा

पोल्यान्डकी क्यारोलिना बेलावस्काले यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छिन् । ४० जना प्रतिस्पर्धीलाई पछि मार्दै उनले उपाधि जितेकी हुन् ।

बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा भएको ७०औँ संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनले ताज पहिरिइन् । २२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन् । उनले मोडलिङ समेत गरिसकेकी छिन् ।

यस्तै, अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप भए ।त्यस्तै, ब्युटी विथ पर्पसको उपाधि अमेरिकाले जितेको छ ।नेपालले अन्तिम १२ मा पनि स्थान बनाउन सकेन । मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम ३० मा छानिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja