गण्डकी मुख्यमन्त्री पोखरेल: कालीगण्डकी डाइभर्सन हुन दिँदैनौँ



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् । स्याङ्जाको चापाकोट–८ खोरियाघाटमा जगदगुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित वेदान्त दशश्लोकी माथि दार्शनिक प्रवचन कार्यक्रममा मुख्यमन्त्री पोखरेलले कालीगण्डकी सभ्यताको संरक्षणका लागि पनि डाइभर्सन हुन नदिने उल्लेख गरे ।

‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ’, उनले भने, ‘कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’नेपाली काँग्रेसले गण्डकी प्रदेशमा यसअघि प्रतिपक्षमा रहँदा पनि डाइभर्सन हुन नदिने आवाज उठाएको र अहिले सरकारमा हुँदा पनि सोही धारणा रहेको उनले बताए ।

‘गण्डकी प्रदेशको उन्नति र विकासको महत्वपूर्ण आधार पर्यटन हो’, मुख्यमन्त्री पोखरेलले भने, ‘धार्मिक र सांस्कृतिक आस्थाको रुपमा रहेको यस नदीको सभ्यतासँगै बृहत्तर योजनाका बारेमा अध्ययन गर्नका लागि गठबन्धनको सरकार बनेसँगै कार्यदल बनेको छ, कार्यदलले दिएको प्रतिवेदनका आधारमा आगामी वर्षदेखि थप योजना बनाउँछौँ ।’

कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्डदेखि गजेन्द्रमोक्ष धामसम्मकाबीचमा रहेका धार्मिक एवं सांस्कृतिक महत्वका स्थलको विकास र विस्तार गर्दै अगाडि बढ्ने उनले बताए ।

उनले कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि गण्डकी प्रदेश सरकारले बृहत्तर रुपमा नीति तथा योजना ल्याउने बताए ।सोही कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लले कालीगण्डकी उपत्यकाको विकास र विस्तारका लागि कालीगण्डकीमाथि पक्की पुल बन्ने क्रममा रहेको बताए ।

उनले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले कालीगण्डकी बेँसीको प्रचुर सम्भावना रहेकाले यसको विकासका लागि गुरुयोजना निर्माण भइरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja