पछिल्लो २४ घण्टामा गण्डकीका थप ४ जनामा कोरोना पुष्टि



पोखरा

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ८९ जनामा गरिएको नमुना परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको छ।

बुधबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ३ जिल्लाका छन्। जस अन्तर्गत कास्कीका २ जना, नवलपुरका एक जना र म्याग्दी जिल्लाका एक जनामा कोरोना पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९७० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १२ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ४४४ पुगेको छ। भने, अहिले प्रदेशभर ६० सक्रिय संक्रमित छन् । गण्डकीमा कोरोना संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४६६ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja