सभागृहचोक बाट लागु औषधसहित भारतीय नागरिक पक्राउ



पोखरा

भारतको मोतिहारी स्थायी घर भइ हाल पोखरा महानगरपालिका -८ सभागृहचोक बस्दै आएका १९ वर्षीय रोशन कुमार गुप्तालाई प्रहरीले पोखराको सभागृहचोकबाट प्रहरीले अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।

विशेष सुचनाका आधारमा खटिएको प्रहरीको टोलीले शंका लागि चेक जाँच गर्ने क्रममा गुप्ताको साथबाट डाईजापाम -५७ एम्पुल, फेनेरागन -५७ एम्पुल र नुर्फिन–५७ एम्पुल गरी जम्मा १७१ एम्पुल लागु औषधसहित एक थान मोवाइल समेत वरामद गरेको हो ।

उनीविरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja