उच्खृंखल गतिविधि नगर्न र मर्यादित तथा शान्तिपूर्ण तरिकाले होली मनाउन कास्की प्रहरीको आग्रह



पोखरा 

जिल्ला प्रहरी कार्यालय कास्कीले होली (फागु) पर्वलाई संयमित र आपसी सद्भावका साथ मनाउन आग्रह गरेको छ।

बिहीबार (भोली) परेको होली पर्वलाई लिएर आवश्यक सुरक्षाका तयारी पूरा गरेको जानकारी दिंदै कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले उच्खृंखल गतिविधि नगर्न र मर्यादित तथा शान्तिपूर्ण तरिकाले होली मनाउन आग्रह गरेका हुन्।

तिवारीले होली पर्वको दिन पोखराका ठाउँ-ठाउँमा सुरक्षा चेक प्वाइन्ट राखिने जानकारी दिंदै जबर्जस्ती लोला हान्ने तथा रंग दल्ने, हो–हल्ला गर्ने, जबर्जस्ती अमर्यादित गैरकानुनी र उच्छङ्खल व्यवहार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र मोटरसाइकलमा तीन जना सवार रहने सबैलाई कारवाही गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja