व्यास नगरपालिका विपन्न स्थानीयहरू सामूहिक खेतीमा आकर्षित



पोखरा

तनहुँ व्यास नगरपालिका विपन्न स्थानीयहरू सार्वजनिक जग्गामा सामूहिक खेती गर्न जुटेका छन् ।सिसुवा भतेरी कृषि सहकारीको समन्वयमा उनीहरु सामूहिक खेती गर्न आकर्षित भएका हुन् । व्यास नगरपालिका १०  वडा स्थित मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा मौसम अनुरूपको बाली लगाउन सामूहिक खेतीमा उनीहरु जुटेका हुन् ।

संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए ।  सहकारीले अति सीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयआर्जनमा टेवा दिनुका साथै अँधिया खेतीको लागि अन्यत्र जानुपर्ने समस्या हटेको छ । विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षको लागि उक्त सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न अनुमति दिएको थियो । 

स्थानीयहरूले  करिब रु एक लाख लागतमा जमिन समथर बनाएपछि  खेती शुरु  गरेका थिए ।  सहकारीले राम्रो कार्य गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि रु १७ लाख पर्ने ट्रयाक्टर प्रदान गरेपछि खेती लगाउन सहज भएको अध्यक्ष शर्माले जानकारी दिए । जसको जग्गा छैन उनीहरूलाई पहिलो प्राथमिकता दिएर समूह बनाइएको छ । मैले काम पाइन तथा मैले गरी खान पाइन्न भन्नेका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

सहकारीले पराल तथा घाँस सोही ठाउँस्थित गौ संरक्षण प्राङ्गारिक मल उत्पादन तथा सरसफाइ केन्द्रलाई दिने र केन्द्रले गाईको मलमूत्र सामूहिक खेतीको लागि दिने व्यवस्था मिलाइएको छ । सहकारीले मौसम अनुसारको विभिन्न तरकारी, धान तथा माछापालन गर्दै आएका छन् । सहकारीमा आवद्ध भएकाले सामूहिक खेती र गाईभैँसीको दूध बिक्री गरी मासिक रु ३० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja