पोखराको अन्नपूर्ण केबलकार पुनः चैत्र १ गतेबाट सञ्चालनमा आउने



पोखरा

पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निमार्ण भएको अन्नपूर्ण केबलकार पुनः चैत्र १ गते अर्थात् मंगलबारबाट सञ्चालनमा आउने भएको छ ।  

सफ्ट ओपनिङ पछि केहि हप्ता सञ्चालनमा आएको केवलकार प्राविधिक परीक्षणका लागि स्थगित गरिएको थियो । प्राविधिक परीक्षण तथा मेन्टिनेट्स पछि व्यावसायिक रुपमै चैत्र १ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको अन्नपूर्ण केवलकारका जिएम दिनेश पौडेलले रातोपाटीलाई बताए ।  

केबलकार कम्पनीले पोखराको सराङकोटबाट बिहानको सूर्योदय तथा साँझको सूर्यास्त अवलोकनलाई मध्यनजर गर्दै बिहान ५ बजेबाट साँझ ६ बजेसम्म केबलकार सञ्चालन गर्ने भएको छ । करिब २ अर्ब लगानीमा निमार्ण सम्पन्न पछि कम्पनीले सूर्योदय तथा साँझको सूर्यास्त अवलोकनका लागि केवल ९ मिनेटको केबलकार यात्रा तय गरे पुग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja