पोखरामा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जना पक्राउ



पोखरा

पोखरामा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोठा भाडामा लिई तथा फोन सम्पर्कका आधारमा महिलाहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा कास्की प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका– ७ मुस्ताङ चोक घर भई हाल पोखरा महानगरपालिका– १७ रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक चौतारा– ६ ठूलीधारा घर भई पोखरा– ६ जरेबर बस्ने २२ वर्षीया पूजा थापा मगर र बाँके चिसापानी– ९ घर भई पोखरा–६ जरेबर बस्ने २२ वर्षीय विशाल योगी रहेका छन् ।

उनीहरुले पोखरा–६ लेकसाइडमा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नुका साथै फोन सम्पर्कको आधारमा विभिन्न होटलहरुमासमेत महिलाहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उनीहरुलाई फागुन १५ गते पक्राउ गरी मानव बेच–बिखन तथा ओसार पसार मुद्दामा कास्की जिल्ला अदालतबाट ८ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja