शिवरात्रि मेलाका क्रममा झगडा हुँदा पोखरामा एक जनाको हत्या, तीन पक्राउ



पोखरा

महाशिवरात्रिको अवसरमा लगाइएको मेलाका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

पोखरा-२० मौजामा स्थानीय युवाले मेला आयोजना गरेका थिए । उक्त मेलामा मदिरा सेवन गरी गाउँकै युवाबीच झगडा भएको हो । झगडामा स्थानीय ३५ वर्षका चोकबहादुर गुरुङको हत्या भएको छ । हत्या आरोपमा कास्की प्रहरीले निशान गुरुङ, प्रकाश गुरुङसहित तीन जनालाई पक्राउ गरेको छ ।

पीडित परिवारको किटानकै आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।‘घटना हुने वित्तिकै भागिरहेको अवस्थामा २ जनालाई चक्कुसहित पक्राउ गरेका हौं ।

अर्का एक जना आज समातिएका छन्,’ उनले भने, ‘अनुसन्धान जारी छ । बाँकी अनुसन्धानपछि खुल्छ ।’गाउँकै दुई युवाबीच झगडा भैरहेको बेला चोकबहादुर बीचमा परेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

‘चोकबहादुर घटनामा थिएनन् । अरुको बीचमा उनी परेका हुन्,’ एक प्रत्यक्षदर्शीले भने ।चक्कु लागेपछि घाइते भएका चोकबहादुरलाई उपचारका लागि गाउँलेले मनिपाल अस्पताल लगेका थिए । तर, ढिलो भैसकेकोले उनको बाटैमा मृत्यु भएको बताइएको छ ।

चिकित्सकले अस्पताल पुग्ने वित्तिकै मृत घोषणा गरेका हुन् । घटना मध्येराति साढे १ बजे भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja