पाकिस्तानमा बम आक्रमणमा परि ३० जनाको मृत्यु



पाेखरा

उत्तरपश्चिम पाकिस्तानको पेशावर शहरमा गराइएको बम आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । पेशावर शहरस्थित शिया मुसलमानहरुको मस्जिदलाई लक्षित गरी आक्रमण गराइएको हो ।

कुचा रिसाल्दार मस्जिदमा शुक्रबारको नमाज पढ्न भेला भएकाहरुलाई लक्षित गरी भएको बम आक्रमणमा अरु दर्जनौं घाइते भएको अल जजीराले जनाएको छ ।

मस्जिदमा बम विष्फोट हुनुअघि दुई बन्दुकधारीले मस्जिदबाहिर पहरा दिइरहेका सुरक्षाकर्मीमाथि अन्दाधुन्ध गोली चलाएको स्थानीय अधिकारीले जनाएका छन । दोहोरो गोली हानाहानमा एक बन्दुकधारी र एक प्रहरीको मृत्यु भएको जनाइएको छ ।

आक्रमणको समय मस्जिदमा १५० जनाजति श्रद्धालू उपस्थित रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणको हालसम्म कुनै समूहले पनि जिम्मा लिइसकेको छैन । यद्यपि पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तान र इस्लामिक स्टेट लगायतका आतंकवादी समूहहरुले पाकिस्तानमा यस्ता साम्प्रदायिक आक्रमण गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja