पोखरामा चक्कु प्रहारबाट ३५ वर्षिय युवकको मृत्यु



पोखरा 

पोखरामा चक्कु प्रहारबाट एक युवकको  ज्यान गएको छ । पोखरा महानगरपालिका २० स्थित मौजामा गए राति १ बजेको समयमा चक्कु प्रहार हुँदा  स्थानीय ३५ वर्षका चोकेन्द्र  गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुरुङलाई चक्कु प्रहारबाट गम्भीर घाइते भएको अवस्थामा १:३० बजे उद्धार गरी  मणिपाल अस्पताल पोखरामा  पुर्‍याइएकोमा चेकजाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

घटनामा संलग्न रहेको आशंकामा  दुई जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी तिवारीले पोखरा न्यूजलाई बताउनुभयो । घटनाको बारेमा अनुसन्धान भइरहेकोले थप जानकारी आउन बाकीं रहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja