बन्दको प्रभाव पोखरामा पनि



पोखरा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण पोखराको जनजीवन प्रभावित भएको छ ।

संसदबाट एमसीसी अनुमोदन भएको विरोधमा घोषणा गरिएको बन्दका कारण पोखरामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन चल्न सकेका छैनन् भने निजी सवारीसाधन फाटफुट रूपमा मात्र चलेका छन् । सार्वजनिक सवारीसाधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् ।

पोखराका मुख्य बजार क्षेत्रका पसलहरू प्रायजसो बन्द रहेका छन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई मजबुत पारिएको र पोखरा लगायत कास्कीमा हालसम्मको अवस्था सामान्य रहेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले बताउनुभयो ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja