चुनावी घोषणापत्र सार्वजनिक गर्ने काँग्रेसको तयारी



पोखरा

नेपाली काँग्रेसले स्थानीय तहका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनको घोषणापत्र छिट्टै सार्वजनिक गर्ने जानकारी दिएका हुन् । सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र छिट्टै सार्वजनिक गर्ने पनि उनले बताए ।

यसका साथै, नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि एकमहिने संगठन सुदृढीकरण अभियान पनि सुरु गर्ने भएको छ । आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उनले जनाए । यसपटक नेपाली काँग्रेसले ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ भन्ने नारा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja