नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तर्गत ६ जिल्लामा अधिवेशन जारी



पोखरा

नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार ६ जिल्लामा  अधिवेशन  भइरहेको छ । अधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको हो ।  क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो ।पार्टीले दिएको निर्देशनअनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए ।  निर्वाचन कार्यतालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो भने सोमबार मतदान भइरहेको हो । नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेको हो ।   

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja