विश्वको सबैभन्दा ठूलो विमान युक्रेनमा नष्ट



पोखरा

विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन–२२५, युक्रेनमा रुसी आक्रमणको क्रममा नष्ट भएको छ । युक्रेनी अधिकारीले यो कुरा दाबी गरेका छन् ।

यो खबरले उड्डन जतगमा चिन्ता र उदासी उत्पन्न गरेको छ किनभने यो विमानले शीर्ष स्थान ओगटेको छ ।युक्रेनियन भाषामा ‘म्रिया’ र ‘ड्रिम’ भनिने यो विशाल विमान किएभ नजिकैको एयरफिल्डमा पार्क गरिएको थियो । यसलाई रुसी आक्रमणकारीले हमला गरेको युक्रेनी अधिकारीले बताए ।

आफूले यो विमान पुनः निर्माण गर्ने पनि उनीहरुले जानकारी दिए ।‘रसियाले हाम्रो म्रिया ध्वस्त पारेका हुनसक्छन् । तर तिनीहरुले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्न सक्दैनन् । हामी सफल हुनेछौँ !’ युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले ट्वीटरमा भने ।

तर यो विमान ध्वस्त पारिएको कुराको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । एन्टोभोन कम्पनीका अनुसार विज्ञद्वारा अनुसन्धान नभएसम्म उक्त विमानको प्राविधिक अवस्थाबारे थाहा नहुने बताएको छ ।एन्टोनोभलाई म्यानेज गर्ने युक्रेनको राज्य रक्षा कम्पनी युक्रोबोरोन्प्रोमले आइतबार एक वक्तव्य जारी गर्दै विमान ध्वस्त पारिएको तर यसलाई रसियाको खर्चमा यो बनाउने बताएको छ ।

विमान बनाउन ३ बिलियन डलर लाग्ने पनि बताइएको छ ।‘विमान पुनर्निर्माणमा ३ बिलियन अमेरिकी डलर खर्च हुनेछ र यसलाई बनाउन पाँच वर्ष लाग्नेछ,’ वक्तव्यमा भनिएको छ । ‘हाम्रो चाहना यो छ कि उक्त विमान बनाउने खर्च रसियाले उठाओस् जसले युक्रेनको उड्डयन र कार्गो क्षेत्रमा नियोजित क्षती पुर्याउने उद्देश्य राखेको छ ।’

पछि जारी गरिएको वक्तव्यमा कम्पनीले दिएको जानकारी अनुसार उक्त विमान किएभ नजिकै मर्मतका लागि पार्क गरेर राखिएको अवस्थामा थियो । ‘एन्टोनोभ एयरलाइन्सका निर्देशकका अनुसार एउटा इन्जिन मर्मतका लागि निकालिएको थियो र उपयुक्त आदेश दिएपनि त्यसदिन विमानले उडान भर्न सकेको थिएन,’ उक्त वक्तव्यमा भनिएको छ । रसियाली सेनाले एएन–२२५ राखिएको होस्टोमेल एयरफिल्म कब्जा गरेको शुक्रबार दाबी गरेको थियो ।

सीएनएन

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja