भालुपहाडमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु



पोखरा

स्याङ्जाको फेदीखोला गाउँपालिका– स्थित भालुपहाडमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । स्याङ्जाबाट पोखरा फर्किने क्रममा भीरबाट मोटरसाइकल चिप्लिएर खस्दा फेदीखोला–४  बडाचौरका ३५ वर्षीय सुवास पौडेलको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

शुक्रबार वाईसीएल जिल्ला कमिटी स्याङ्जाको बैठक सकेर मोटरसाइकलमा पोखरा फर्किने क्रममा सम्पर्कबिहिन भएका पौडेललाई प्रहरीले खोजतलास गर्दा शनिबार भालुपहाडमा मृत अवस्थामा फेला परेको परेको स्याङ्जाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक पदम थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पौडेल शुक्रबारबाट सम्पर्कबिहिन भएपछी शनिबार घरपरिवारले  खोजतलासको लागि प्रहरीमा निवेदन दिए पश्चात खोजतलास गर्ने क्रममा सडकबाट ७० मिटर तल भीरमा अड्किएको अवस्थामा शव फेला परेको हो । पौडेल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपालका स्वास्थ्य विभाग प्रमुख तथा फेदीखोला गाउँपालिका सचिव हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja