पछिल्लो २४ घण्टामा गण्डकीका थप २१ जनामा कोरोना पुष्टि



पोखरा

पछिल्लो २४ घण्टामा गण्डकीका थप २१ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २४२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

बुधबार संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १२ जना, तनहुँका एक जना, लमजुङका एक जना, स्याङ्गजाका एक जना,पर्वतका २ जना, बाग्लुङका एक जना र म्याग्दी जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको छ।

आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १८०३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट २३ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ९७८ पुगेको छ। भने, अहिले प्रदेशभर ३६१ सक्रिय संक्रमित छन् ।

गण्डकीमा कोरोना संक्रमणकै कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४६४ रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja