कलाकार जयनन्द लामाको निधन



पोखरा

कलाकार जयनन्द लामाको निधन भएको छ ।

बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेका अनुसार मंगलबार बेलुका ७ बजे एउटा बैठकमा सहभागी हुन भन्दै लामा बौद्ध गएका थिए । बुधबार बिहान ७ बजेतिर आफन्तले बा३च ७७४१ नम्बरको कारमा लामालाई मृत भेटेको डीएसपी पाण्डेले बताएका छन् । डीएसपी पाण्डेका अनुसार खुट्टा गाडीमा शरीर घोप्टो परी टाउको भुईंमा जोतिएको अवस्थामा लामा मृत भेटिएका थिए ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

लामाले ‘कलकत्ते काइँयो’, ‘चुईंचुईं चुइँकने जुत्ता’, ‘मूलाको चना’लगायतका चर्चित गीत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja