गण्डकीका मुख्यमन्त्री पोखरेल र बेलायत का राजदूत पोलिटबीच भेटवार्ता



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ ।

मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गरे । उनले दुई देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवद्र्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकासजस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग प्राप्त भएको बताए ।

जलवायु परिवर्तन अनुकूलन र विपद् व्यवस्थापन, पर्यटन पूर्वाधार विकास र आयआर्जन एवं ठूला पूर्वाधार निर्माणमा सहयोगजस्ता क्षेत्रमा बेलायतबाट प्रदेश सरकारले थप सहयोगको अपेक्षा गरेको बताए । 

मुख्यमन्त्री पोखरेलले प्रदेशलाई आवश्यक कानुनहरूको तर्जुमा र कार्यान्वयन, योजनाबद्ध विकासका लागि प्रथम पञ्चवर्षीय योजना तर्जुमा, दिगो विकास लक्ष्य आधाररेखा प्रतिवेदन तयारी, मध्यमकालीन खर्च संरचना, आयोजना बैंकजस्ता रणनीतिक महत्वका दस्तावेजले प्रदेशको विकासका लागि सरकारको गन्तव्य सुनिश्चित गरेको जानकारी गराए ।

बेलायती राजदूत निकोलाले पोखराको सुन्दरताबाट प्रभावित भएको भन्दै सोमबार बिहान साइक्लिङबाट आनन्द लिएको अनुभव सुनाइन् । नेपालसँगको पुरानो सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन आफूहरू हरदम तयार रहेको बताउँदै उनले पोखरा र गण्डकी प्रदेशको स्वास्थ्यका क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगले निरन्तरता पाउने पनि उल्लेख गरिन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja