आगामी १४ असोजमा अनमोल केसीको ‘हनी बनी’



पोखरा

अभिनेता अनमोल केसी र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हनी बनी’ आगामी १४ असोजमा रिलिज हुने भएको छ । दिवाकर भट्टराईको निर्देशन रहने फिल्मले आफ्नो सुटिङअगावै दशैंलाई लक्षित गर्दै रिलिज मिति बुक गरेको हो ।

निर्देशक भट्टराईले मार्चबाट फ्लोरमा जाने फिल्मका लागि हाल प्रमुख अभिनेत्रीको छनोट भइरहेको बताए । लन्डनमा छायांकन हुने फिल्मका लागि बाँकी कलाकार चाँडै नै टुंगो लाग्ने उनको भनाइ छ ।

एबी इन्टरनेसनलले गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडसँग सहकार्य गरी निर्माण गर्न लागेको फिल्ममा अजितकुमार थापा, अमित बस्नेत र परी राना निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja