कांग्रेस लमजुङको महासमिति सदस्यमा २ जना निर्विरोध



पोखरा

नेपाली कांग्रेस लमजुङको महासमिति सदस्यमा दुईजना निर्विरोध भएका छन् ।

११ जनाका लागि उम्मेदवारी दिएका २१ जनामध्ये दुईजना निर्विरोध भएका हुन् । शुक्रबार बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मनोनयनको समय तोकिएकोमा २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसमा समावेशीतर्फ आदिवासी जनजाति महिला र दलित महिलाका उम्मेदवार निर्विरोध भएका हुन् ।

आदिवासी जनजाति महिलातर्फ राधादेवी श्रेष्ठ र दलित महिलातर्फ टीकाकुमारी बस्याल निर्विरोध भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत गत मंसिर पहिलो साता भएको अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । कांग्रेसले महासमिति सदस्यको लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित प्रतिनिधिमध्येबाट छान्ने गर्छ । यो प्रक्रियामा सर्वसम्मत हुन नसके चुनावको माध्ययमबाट महासमिति सदस्य छान्ने गर्छ ।

महासमिति सदस्यका लागि उम्मेदवारी दिएकामध्ये अब १९ जनाबाट नौजना प्रतिनिधि छान्नुपर्ने कांग्रेसले जनाएको छ । यसका लागि २४ फागुनमा बेंसीसहरमा चुनाव हुनेछ । निर्वाचनमा १३ सय ७४ क्षेत्रीय प्रतिनिधिले निर्वाचनमा भाग लिनेछन् ।

यसअघि मंसिर पहिलो साता भएको क्षेत्रीय निर्वाचन, जिल्ला निर्वाचन र महाधिवेशन प्रतिनिधि निर्वाचनमा १३ सय ७४ मतदाता रहेको कांग्रेसको निर्वाचन अन्गर्तत जिल्ला तथा महाधिवेशन प्रतिनिधि निर्वाचनमा १३ सय ४० मत खसेको थियो । ३४ जना अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja