कांग्रेस प्रवक्ता महत- एमसीसीबाट पछि हट्दैनौँ 



पोखरा

सत्तारुढ दल कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसीबाट पछि नहट्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता महतले एमसीसी अनुदान सहयोग भएको उल्लेख गर्दै पछि नहट्ने बताएका हुन् ।गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको उनको भनाइ छ । एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर नियोजित रुपमा प्रचारबाजी गरिएको पनि उनको भनाइ छ । ‘यो कसरी राष्ट्रघाती र राष्ट्र विरोधी भयो ? सेना आउँछ भनेको छ, काम छैन अमेरिकाको ? किन आउँछ, यो अचम्म छ । यो नेपालको इतिहासमा यस्तो झुटो र नियोजित प्रचार कहिल्यै भएको थिएन,’ प्रवक्ता महतले भने ।

देशभर घुमेर पनि एमसीसीको पक्षमा माहोल बनाउ सम्भव नभएको उल्लेख गर्दै उनले भने, ‘धरै पटक भन्यो भने झुटो पनि सत्य हुँदो रैछ । साँचो पनि झुटो हुँदो रहेछ । हाम्रो मागअनुसार परियोजना आएको हो , हामीले निवेदन दिएको हो । त्यतिबेला माओवादीबाट बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, नारायणकाजी परराष्ट्रमन्त्री । अहिले विरोध गर्नेहरू मन्त्री भएर अनुमोदन गर्ने अर्थात् २०१२ देखि २०१७ सम्म सबै दल र नेताहरूको प्रयासमा टुंगो लागेको हो ।’

त्यस्तै प्रवक्ता शर्माले ‘चीनले भनेजस्तो’ कतैबाट एमसीसी परियोजनाका लागि दबाब नआएको बताए । उनले अगाडि भने, ‘हामीलाई कसैको दबाब आएको छैन। अमेरिकी सरकारबाट तपाईंहरूले नै मागेको परियोजना हो, हामीले त्यहीअनुसार सहयोग गर्न खोजेका हौं भन्ने भएको हो। त्यो अस्वाभाविक हैन। उहाँहरूले त्यति भन्नु दबाब हैन। दायित्व नै हो। हामीले यसलाई दबाबका रुपमा लिएका छैनौं। चीनले भनेको जस्तो हामीलाई कुनै दबाब छैन। हामी कसैको दबाबमा पर्दैनौ। यो हाम्रो सार्वभौम संसद्को विषय हो। यसलाई हामी आफै निर्णयमा पुर्याउन सक्छौं।’

एमसीसी सम्झौता संसद्‍बाट पास गर्न प्रमुख प्रतिपक्षी दल एमालेले समेत सहयोग गर्ने विश्वास रहेको प्रवक्ता महतले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्‍बाट अनुमोदन गराउनका लागि सबैसँग सरसल्लाह गरिरहेको पनि उनको भनाइ छ । ‘ओलीजीले एमसीसी स‌सद्‍मा दर्ता गर्नुभएको थियो । उहाँले नै टुंगोमा पुर्याउनु हुन्छ भन्ने थियो । तर सक्नुभएन । अब हामीले संसद्‍मा पुर्‍याएका छौँ। सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ। उहाँले आफैले दर्ता गरेको विधेयकमा सहयोग नगरेर विकल्प पनि छैन,’ प्रवक्ता महतले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja