पर्यटक बोलाउँदै पोखरेली पर्यटन व्यवसायी



पोखरा

कोरोना संक्रमण केही मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँडेका छन् ।

पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख शहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी दिएका छन् । बुटवलमा त्यहाँका व्यवसायीहरूसँग कुरा गर्दै पोखरेली व्यवसायीले दुई सहरबीच पर्यटक आवागमनमा सहजीकरण गर्न आग्रह गरे ।

‘विशेषतः यातायातको कनेक्सनमै जोड छ । बुटवल पोखरा सडकमा अलि बढी सास्ती छ,’ होटल संघ पोखराका पुर्व अध्यक्ष विकल तुलाचनले भने, ‘हवाइ सुविधा पनि खासै छैन । त्यसैले कनेक्सनमा बढी फोकस गरिएको छ ।’

कोभिडका कारण सबै क्षेत्रको पर्यटन थलिएकोले तत्काल आशातित सुधार कठिन हुने उनले बताए । ‘पोखरा मात्र होइन, विश्वकै पर्यटन सुस्ताएको छ । केही विशेष इभेन्टहरू तय गरेर आन्तरिक पर्यटकमार्फत चहलपहल बढाउनुपर्छ,’ उनले थपे, ‘एउटा सहरका नागरिकलाई अर्को सहरमा लैजाने र उनीहरूको अपेक्षाअनुसारका इभेण्ट सन्चालन गर्ने कुरामा हामी सहमत छौं ।’

टोली बुटवलबाट भैरहवा पुगेको छ । त्यहाँबाट हेटौंडा जाने र वीरगञ्ज, चितवनमा अन्तरक्रिया गरेपछि पोखरा फर्किने संघले जनाएको छ । संघले दुई दशकदेखि ‘जाउँ है पोखरा’ अभियान सन्चालन गर्दै आएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले छिटै पर्यटन क्षेत्र सुधार हुने अपेक्षाले कोभिडकै बीचमा पनि कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja