राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट



पोखरा

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट भएका छन् ।  

राईनासका आठ, बेंसीशहरका ६ र  सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनोटमा परेका छन् । त्यस्तै, दोर्दीका पाँच, मध्य नेपालका चार, मर्स्याङ्दीका  तीन र दुधपोखरी गाउँपालिकाको एउटा विद्यालय छनोट भएको छ ।

शिक्षा तथा मानव स्रोतत विकास केन्द्रका अनुसार छनोट भएका १४ वटा विद्यालयमा कक्षा कोठा निर्माण हुनेछ । त्यस्तै, शिक्षामा नविन प्रविधि प्रवर्द्धनमा १७ र  एउटा विद्यालय प्रयोगशालाका निम्ति छनोट भए ।  

आठ वटा विद्यालयमा चार कोठे भवन बन्नेछ भने नौ वटा विद्यालयमा दुई कोठे भवन बन्ने छ । जिल्लामा गत वर्ष सोही कार्यक्रम अन्तर्गत १६ विद्यालय छनोटमा परेका थिए ।छनोट भएका विद्यालयले ६ लाख ५० हजारदेखि ३६ लाख रुपैयाँसम्म अनुदान पाउने छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja