सोमालियाको एक रेष्टुरेन्टमा बम बिस्फोट हुँदा १३ जनाको मृत्यु



पोखरा

सोमालियामा एक रेष्टुरेन्टमा बम बिस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।

मध्य सोमालियाको एक शहरमा रहेको रेष्टुरेन्टमा भएको विस्फोटमा मृत्यु हुनेहरु अधिकांश सर्वसाधारण रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृतकमध्ये दुई जना सरकारी अधिकारीहरु पनि रहेका छन् । विस्फोटले भौतिक संरचनामा समेत ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

विस्फोट लगत्तै घाइतेहरुलाई अस्पताल पुर्याइएको थियो । राजधानी मोगादिसुबाट करिब २१० माइल उत्तरमा रहेको क्षेत्रमा संसदीय मतदानको पूर्वसन्ध्यामा विस्फोट भएको समाचारमा जनाइएको छ ।

आक्रमणमा एक जना संसंदीय निर्वाचनका उम्मेद्वार पनि रहेको बताइएको छ । सो आक्रमणको जिम्मा सशस्त्र समूह अल शबाबले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja