एमसीसी विषयमा मैले प्रधानमन्त्रीले राखेको धारणा भन्दा फरक राख्न उपयुक्त छैन – मन्त्री झाँक्री



पोखरा

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको धारणा भन्दा फरक धारणा आफूले राख्न उपयुक्त नहुने बताएकी छन् ।

संसद बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै मन्त्री झाँक्रीले आफू मन्त्रिपरिषदको सदस्य रहँदासम्म प्रधानमन्त्रीको भन्दा फरक धारणा राख्न उपयुक्त नहुने बताएकी हुन् ।

उनले भनिन्, ‘म मन्त्रिपरिषदको सदस्य भएको कारणले अहिले मैले प्रधानमन्त्रीले राखेको धारणा भन्दा फरक भएर धारणा राख्न उपयुक्त पनि हुँदैन, जतिबेलासम्म म यो मन्त्रिपरिषदको सदस्य हुन्छु ।’ एकीकृत समाजवादीकी नेतृ झाँक्रीले पार्टीको धारणा भोलिको बैठकबाट आउने बताइन् ।

कतिपय विषयहरु नेपालको आन्तरिक राजनीतिमा अनावश्यक ढंगले किचलो हाल्न ल्याइएको भन्दै उनले राष्ट्रको हित र सरकारको विश्वसनीयताका लागि त्यस्ता विषयबाट सचेत रहनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja