ओमानलाई ३९ रनले पराजित गर्दै नेपालको सानदार जित



पोखरा

घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा सानदार जित निकालेको छ ।

११८ रनको  विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानका कुनै पनि ब्याटर चल्न सकेनन् । ओमानका नसिम खुसीले सर्वाधिक  २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाउनु भयाे ।

नेपालका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिनु भयाे । यस्तै कप्तान सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिँदा अविनाश बोहरा र जितेन्द्र मुखियाले समान एक विकेट लिनुभयाे ।यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रनको सामान्य योगफल तयार पार्‍याे । 

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोड्दा कप्तान सन्दीप लामिछानेले १६ रन बनाउनु भयाे । यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाउनु भयाे।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja