भारतका चर्चित गायक बप्पी लहरीको निधन



पोखरा

भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ ।

उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।अस्पतालका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो ।

उनी गत वर्ष कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए । बप्पीको जन्म २७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो । १९ वर्षको उमेरदेखि नै संगीत निर्देशकको काम सुरु गरेका बप्पी दाले सन् १९७२ मा बंगली फिल्म ‘दादू’ मा पहिलो पटक संगीत दिएका थिए ।

‘डिस्को किङ’ भनेर चिनिने बप्पी लहिरीले बलिउडका सयौं फिल्मका चर्चित गीतहरुमा संगीत दिएका छन् । उनका ‘आई एम अ डिस्को डान्सर’, ‘यार विना चैन कहाँ रे’, ‘तम्मा तम्मा दे दे’ लगायतका गीत निकै चर्चित छन् । उनको पछिल्लो बलिउड गीत चलचित्र ‘बागी ३’को ‘भंकस’ हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja