वुद्ध एयरले फागुन १७ गतेदेखि पोखराबाट जनकपुर र धनगढी सिधा उडान गर्ने



पोखरा

वुद्ध एयरले फागुन १७ गतेदेखि पोखराबाट जनकपुर र धनगढी सिधा उडान गर्ने भएको छ ।

वुद्ध एअरले सार्वजनिक गरेको तालिका अनुसार पोखरा जनकपुरधाम साताको ३ दिन सोमबार, बिहीबार र शनिबार र धनगढी पोखरा आइतबार, बुधबार र शुक्रबार गरी ३ दिन उडान भर्ने छ।

सिधा उडान पश्चात पर्यटकीय राजधानी पोखरा अब जनकपुर र धनगढीसँग जोडिने भएको छ। नयाँ गन्तव्य थपिएसँगै यात्रुहरुको समय बचत हुनुको साथै यात्रुहरुलाई सहज हुने कम्पनीको विश्वास रहेको छ।

यसअघि वुद्ध एयरले पोखरादेखि नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमराका साथै बिराटनगरमा प्रादेशिक उडान सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja